काठमाडौं । ट्राफिक प्रहरीले अत्यधिक धूवाँ फाल्ने ३८ सवारीसाधनमाथि कारबाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका तथा अत्यधिक धूवाँ फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरेको हो ।
अत्याधिक धूँवा फाल्ने १३ ओटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ ओटा सवारी साधन कारवाही परेको हो । उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरबार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले शुक्रबार बिहान बबरमहलमा ५४ वटा सवारीसाधनलाई चेक गर्दा ३८ वटा कारबाहीमा परेका हुन् ।
सवारीसाधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रहरीले जनाएको छ ।