काठमाडौं । भारतको महाराष्ट्रका कप्तान ओपनर रुतुराज गायकवाडले एक ओभरमा ४३ रन बनाएर कृतिमान बनाएका छन् ।
अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा उत्तर प्रदेशविरुद्ध लिस्ट ए क्रिकेटमा रुतुराजले कीर्तिमानी ब्याटिङ गरेका हुन्। भारतीय सञ्चारमनध्यमका अनुसार उनले एकै ओभरमा सात छक्कासहित ४३ रन बनाएर कीर्तिमान बनाएका हुन्।
यो रन सन् २०१८ मा न्युजिल्यान्डको फोर्ड ट्रफीको खेलमा ब्रेट ह्याम्पटन र जो कार्टरले बनाएको कीर्तिमानसँग बराबरी हो। सोमबार अहमदाबादमा बायाँ हाते स्पिनर शिव सिंहको ओभरमा गायकवाडले उत्कृष्ट ब्याटिङ गरेका थिए।
ओभरको सुरूवाती चार बलमा उनले लगातार छक्का हिर्काएका थिए। लगत्तैको बल नो(बल हुँदा उनले छक्का प्रहार गरेका थिए। जसका कारण सो बलमा ७ रन आएको थियो।
पाँचौ र छैटौं बलमा उनले छक्का हिर्काएपछि लिस्ट एको खेलमा कीर्तिमान बनेको थियो।



