काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म ८ हजार ८ सय ९७ मतगणना हुँदा उनले ५ हजार ३५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले २ हजार ९ सय २८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । जिल्लाको प्रदेशसभा (१) मा ८ हजार १ सय ४३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ४ हजार ३ सय ४२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले २ हजार ९ सय ८३ मत ल्याएका छन् ।
प्रदेशसभा (२) मा ६ हजार ५ सय १६ मतगणना हुँदा कांग्रेसका वर्मा लामाले ३ हजार ५ सय १५ तथा एमालेका भरत केसीले २ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनःमतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।
जिल्लामा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।



