काठमाडौं । रवि लामिछानेको नागरिकता छानविनकोलागि प्रहरीलाई पत्रचार गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी विवाद छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको हो ।
प्रशासनले बिहीबार पत्र पठाउँदै नागरिकता छानविन गर्न अनुरोध गरेको छ । गत निर्वाचन अघि पनि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै निवेदन परेको थियो ।
सो निवेदन पश्चात निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेपछि यो प्रकृया यहीँ रोकिएको थियो । रवि हाल चितवन २ बाट निर्वाचित भएका छन् ।