images
images

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान हुने


  • 941
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान हुने

    ललितपुर । बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । 

    ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभाग बीच मंगलबार त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा कुल लागतको ६० प्रतिशत, नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकम मध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

    रातको समयमा हुने दुर्घटनालाई रोक्नको लागि पनि सडकमा बत्ति जोड्न लागिएको महर्जनले बताए ।

    सडक बत्ति बाले वापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ ।  

    महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्तीहरु खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापा खेलमा पनि स्मार्ट सडक बत्ति जडान गर्नका लागि टेण्डर प्रकाशित भइसकेको जानकारी पनि दिए । 


    images
    images

    Logo