काठमाडौं । धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। पञ्चोदय मावि धनगढी कक्षा ८ मा अध्ययनरत चेतना साउदको ग्रेडरको ठक्करबाट विहीबार मृत्यु भएकाे थियाे । मृत्यु भएपछि साेही विद्यालयमा पढ्ने विद्यार्थीहरू घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीकाे माग गर्दै आन्दोलित भएका हुन्।
घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाबीचमै धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।