images
images

बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता, कसको कति ?


  • 412
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता, कसको कति ?

    बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले ५ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले ४ हजार १ सय २९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६० हजार १ सय ५२ जनाले मतदान गरेका थिए । 

    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले २ हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले ९ सय ६२ मत प्राप्त गरेका छन् । 

    यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले २ हजार ३ सय ८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले २ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् । 


    images
    images

    Logo