images
images

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ


  • 304
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

    पक्राउ तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

    तामाङ यसअघि  २०६९ साल मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख रुपैयाँ धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।

    प्रहरीले पक्राउ तामाङसँग १ हजार दरको नोट ४ सय ९ थान, ५ सय दरको नोट ८० थान, १ सय दरको नोट १ सय ७५ थान, ५० दरको नोट १ सय ७५ थान, २० दरको नोट ३ सय ५० थान, १० दरको नोट ४ सय ४० थान र ५ दरको नोट १ सय ८० थान बरामद गरेको छ । पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।


    images
    images

    Logo