images
images

१५ दिनभित्र कलंकीदेखि महाराजगञ्जसम्मका संरचना भत्काउन निर्देशन 


  • 482
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    १५ दिनभित्र कलंकीदेखि महाराजगञ्जसम्मका संरचना भत्काउन निर्देशन 

    काठमाडौं । काठमाडौं चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगन्जसम्मका संरचना भत्काउन निर्देशन दिएको छ । आयोजनाले शुक्रवार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

    आयोजनाका अनुसार चक्रपथको दोस्रो चरण निर्माण प्रक्रिया सुरु भएको छ । सो क्र्रममा सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१र३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन पर्ने भएकाले यस्तो सूचना जारी गरिएको हो । 

    तोकिएको समयभित्र यस्ता संरचना नहटाए आयोजनाले ती संरचनाहरु आफैँ भत्काउने समेत चेताननी दिएको छ ।  यसरी संरचना भत्काउदा लाग्ने खर्च संरचना धनीसँग असुल गर्ने आयोजनाले जनाएको छ । 

     


    images
    images

    Logo