images
images

स्याङ्जा–२ को १ मा कांग्रेसका अर्याल विजयी


  • 332
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    स्याङ्जा–२ को १ मा कांग्रेसका अर्याल विजयी

    काठमाडौं । स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । 

    कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पराजित गरेका हुन् । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् ।

    स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् ।


    images
    images

    Logo