images
images

घटेर आयो इन्धनको मूल्य, डिजेल ११ रूपैयाँले घट्दा, पेट्रोलमा कति घट्यो ?


  • 625
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    घटेर आयो इन्धनको मूल्य, डिजेल ११ रूपैयाँले घट्दा, पेट्रोलमा कति घट्यो ?

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले  नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । 

    आइओसीले बिहीवार पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको छ भने पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ घटेर आएको छ ।  नयाँ मूल्य अनुसार निगमलाई १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने भएको छ ।

    आईओसी बिहीवार पठाएको मूल्य अनुसारडिजेलमा ५० पैसा, पेट्रोलमा १३ रुपैयाँ र मटीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा हुने छ । यस्तै, खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २ सय ७७ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।


    images
    images

    Logo