स्याङ्जा । स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले ७ हजार ९ सय ७ मतसहित अग्रता कायम राखेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले ५ हजार ८ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । उनीहरुबीच २ हजार ४४ को मतान्तर रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भीरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ । हालसम्म १७ हजार १ सय १५ मतगणना भएको छ । मतगणनामध्ये १६ हजार ५ सय ६ मत सदर भएको र ६ सय ९ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए।
स्याङ्जा–२ (१) प्रदेशसभामा ८ हजार ७ सय १३ मतसहित कांग्रेसका उम्मेदवार भोजराज अर्यालले अग्रता लिइरहेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले ६ हजार ६ सय ३६ मतसहित उनलाई पछ्याइरहेका छन् । प्रदेशको प्रत्यक्षतर्फ हालसम्म कूल १७ हजार १ सय ४८ मत गणना हुँदा १६ हजार ६ सय ७५ मत सदर भएको छ भने ४ सय ७३ मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसलाई ७ हजार ३ सय ७२ मत प्राप्त भएको छ भने नेकपा (एमाले) लाई ५ हजार ६ सय ४३ मत प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ७ सय २० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ कूल १७ हजार ३ सय छ मत गणना हुँदा १६ हजार ७ सय ९० मत सदर भएको छ । ५ सय १६ मत बदर भएको छ ।
प्रदेश समानुपातिकतर्फ नेपाली कांग्रेसले ८ हजार ३ सय ६८ मत पाउँदा नेकपा (एमाले) ले छ हजार ३ सय ५९ मत प्राप्त गरेको छ । प्रदेश समानुपातिकतर्फ १७ हजार १ सय ३ मत गणना हुँदा १६ हजार ३ सय ७८ मत सदर भई ७ सय २५ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।



