images
images

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार २ सयभन्दा कम मतले पराजित, को को हुन् ?


  • 458
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार २ सयभन्दा कम मतले पराजित, को को हुन् ?

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १ सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा २ सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।

    प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट  पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले १ सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका  ज्ञानेन्द्रबहादुर कार्कीले १ सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका छन् ।

    मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले १ सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले १ सय ६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेका छन् ।

    बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट १ सय २५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित भएका छन् । लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले १ सय ९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा  स्वतन्त्रबाट लालवीर चौधरीले १ सय ३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गरेका छन् ।

    कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले १ सय ६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरे । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट ४, कांग्रेसबाट ४, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना २ सयभन्दा कम मतान्तरले पराजित छन् ।


    images
    images

    Logo