images
images

रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने समयसीमा तोकियो , यस्तो छ नयाँ समय तालिका


  • 437
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने समयसीमा तोकियो , यस्तो छ नयाँ समय तालिका

    काठमाडौं उपत्यकाकामा रहेका रात्रिकालीन व्यवसाय सञ्चालन गर्न समय तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।

    सो बैंठकको निर्णय अनुसार काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान २ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै, क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने समितिले जनाएको छ । 

    गत भदौमा सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको थियो। रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने भएका थिए। तर रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित मर्यादित बनाउनका लागि बैंठकले पुनः समयसीमा तोकेको हो । 


    images
    images

    Logo