काठमाडौं । चुनाव सकिए लगत्तै बैंकहरुमा निक्षेप पनि बढ्न लागेको छ । राष्ट्र बैंकका अनुसार भदौ १३ गते बैंकहरुको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले बढेको छ ।
मंसिर १२ गते ५१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको निक्षेप १३ गते एकैदिन ८ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ९३ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । मंसिर १२ गते ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो १३ गते सो रकम ९ अर्बले बढेर ४५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने स्थिर रहेको छ । मंसिर १२ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।
यसरी बैंकहरुको निक्षेप एकैदिन ८ अर्बले बढ्दा कर्जा लगानी भने स्थिर रहेको छ । मंसिर १३ गते बैंकहरुको कर्जा लगानी ४७ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ । सो अवधिमा वाणिज्य बैंकको ४२ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ४४ अर्ब रुपैयाँ छ ।
सो अवधिमा गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८६.७५ प्रतिशतमा झरेको छ ।



