images
images

बागमती प्रदेशमा ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने


  • 376
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    बागमती प्रदेशमा ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने

    काठमाडौं। बागमती प्रदेशलेआइतबारदेखि सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली  ल्याएको छ।

    संघीय सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारीचालक अनुमतिपत्रको ट्रायलमा ७० अंक ल्याए पास हुने निर्णय गरेको हो।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले आइतबारदेखि यो प्रणाली कार्यान्वयनमा आउन लागेको बताए।

    मन्त्रालयले ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको ट्रायल पास हुने व्यवस्था मिलाउन सबै यातायात व्यवस्था कार्यालयहरुलाई मंसिर १४ गते परिपत्र जारी गरेको छ ।यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ७० अंकभार प्रणाली लागू भइसकेको छ। मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन्।

    नयाँ व्यवस्था अनुसार ट्रायलमा कुल १०० अंकभार मध्ये ७० अंकसम्म ल्याउने चालकले स्मार्ट लाइसेन्स पाउने छन् । ट्राफिक लाइट, उकालो÷ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ। अहिले एउटा गल्ती गर्ने बित्तिकै परीक्षार्थी फेल हुन्छन् ।

    नयाँ व्यवस्थापछि वाग्मती प्रदेशमा ६० प्रतिशतभन्दा बढी पास हुने अनुमान गरिएको छ। जसका कारण यातायात कार्यालयहरुमा हुने अनियमितता समेत रोकिने अपेक्षा मन्त्रालयको छ।


    images
    images

    Logo