काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ( बालेन) लाई अपमान गरेको भन्दै मधेशी आयोगले प्रहरीमा उजुरी दिएको छ । बालेनलाई गरिएको गालीले उनी र समग्र मधेशी समुदायको अपमान भएको भन्दै आयोगले उजुरी दिएको हो ।
अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारवाही गर्नको लागि गृह मन्त्रालयल र नेपाल प्रहरीलाई पत्राचार गरेको आयोगले जनाएको छ । मधेशी समुदायका अगुवाहरुले आयोगमा सो उजुरी दिएपछि यस्तो कारवाही प्रकृया अगाडी बढाइएको समेत आयोगले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने क्रममा सुकुम्वासी बस्तीका व्यक्तिहरुले मेयर साहप्रति आक्रोशित हुँदै गाली गलौजमा उत्रिएका थिए ।