images
images

२ कम्पनीको शेयर कारोबार फुकुवा 


  • 742
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    २ कम्पनीको शेयर कारोबार फुकुवा 

    काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल एक्सचेञ्ज नेप्सेले मंसिर १५ गते गरेको निर्णय अनुसार प्रभु इस्योरेन्स र प्रिमियर इस्योरेन्सको शेयर कारोबारको शेयर कारोबार फुकुवा गरेको हो । 

    प्रभु इस्योरेन्स र अजोड इस्योरेन्स मर्जरमा जाने प्रकृयामा रहेपछि नेप्सेले यी दुई इस्योरेन्सको शेयर कारोबार रोक्का गरेको थियो । भने प्रिमियर इस्योरेन्स र सिद्धार्थ इस्योरेन्स मर्जरमा जाने प्रकृयामा रहेपछि नेप्सेले यी दुई इस्योरेन्सको शेयर कारोबार रोक्का गरेको थियो । 

    नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

    यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 


    images
    images

    Logo