काठमाडौं । आज शेयर बजार बढ्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्च(नेप्से) ११.२२ अंकले बढेर १ हजार ९ सय ६१ दशमलव ६ विन्दुमा पुगेको छ ।
आज २ सय ४१ स्क्रिपको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ३८ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ । साताको अन्तिम दिन विहीबार १ सय ७ कम्पनीको शेयर मूल्य बढेको छ । ८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनसीसी बैंकको संस्थापक शेयर ८ करोड १३ लाखको कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।