images
images

पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्न चालकहरु सहमत


  • 359
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्न चालकहरु सहमत

    काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीलाई सुचारु गर्न चालकहरु सहमत भएका छन् । चालकहरुलाई खोप लगाउने सहमति भएसँगै उनीहरु सेवा सुचारु गर्न सहमत भएका हुन । 

    नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भई भोलिदेखि निगमले जारी गरेको परिचयपत्रका आधारमा खोप लगाइने भएको छ । 

    खोपको माग गरेर सेवा अवरुद्ध गरेका उनीहरु सहमतिसँगै काममा फर्किएका हुन् । सुरुमा थानकोट डिपोका चालकहरु हुँदै क्रमशः देशभरका चालकलाई खोप दिँदै जाने सहमति समेत भएको छ । 


    images
    images

    Logo