काठमाडौं । स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायम रहेको छ । उनले ६ हजार ६५ मत पाएका छन् भने उनका निकठतम पतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्मामा अर्यालले ४ हजार ७ सय ६५ मत पाएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५ सय ७५ मत पाएका छन् ।नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुन : मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो ।