सुनसरी । सुनसरी ४ बाट सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणम अनुसार कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएका छन् भने उनका किटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१मत प्राप्त गरे ।