images
images

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क छ : महामन्त्री थापा


  • 297
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क छ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार (समाज) को २६औं वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । 

    “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । 

    कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए । 

    “निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।”


    images
    images

    Logo