काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वुधबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।