काठमाडौं । स्याङ्जा २ मा पद्मालाई पछिपार्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन्।
गल्याङ नगरपालिकाको ६ र ७ तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको ८४६५ मत गणनामा गुरूङले सो अग्रता लिएका हुन ।
पछिल्लो मत परिणाम अनुसार गुरूङले ३ हजार ९ सय १ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेकी छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ सय ६१ मत प्राप्त गरेका छन्। बिवादका कारण मतदान सकिएको १० दिनबाट मतगणना सुरू भएको स्याङ्जा २ मा ७० हजार १ सय ९१ मत खसेको छ।