images
images

स्याङ्जा २ मा एमालेकि  पद्माकुमारी अर्यालको शुरूवाती अग्रता


  • 1.0K
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    स्याङ्जा २ मा एमालेकि  पद्माकुमारी अर्यालको शुरूवाती अग्रता

    स्याङ्जा । स्याङ्जा २ को प्रारम्भिक  मतगणनामा एमालेकि उम्मेदवार  पद्माकुमारी अर्यालले अग्रता लिएकी छिन । एमाले केन्द्रीय सचिव समेत रहेकी अर्यालले कांग्रेस केन्द्रीय उपसभापति समेत रहेका धनराज गुरुङलाई उछिन्दै अग्रता कायम गरेकी हुन् । 

    पछिल्लो मतपरिणामअनुसार अर्यालले २६४८ मत ल्याउँदा गुरुङले २३७८ मत ल्याएका छन् । आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै मतगणना गर्न निर्देशन दिएपछि त्यहाँ गएरातीदेखि मतगणना शुरू भएको हो । 

    मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमाले लगायतका दलले लगाएपछि मतगणना १० दिनसम्म रोकिएको थियो । बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद आयोगमा पुगेको थियो ।


    images
    images

    Logo