images
images

दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै, सुरक्षामा कडाई


  • 503
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै, सुरक्षामा कडाई

    काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार निर्वाचनका लागि सबै तयारी पूरा भएको छ ।

    आज बिहान ७ वजेदेखि ५ वजेसम्म निर्वाचन हुनेछ । निर्वाचनका लागि करिव एक हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । मतदानमा करिब आठ हजार मतदाता रहेका छन् ।

    मंसिर ४ गतेकाे निर्वाचनमा बुथ कव्जा भएको उजुरीका आधारमा आयोगको मङ्सिर ११ गतेको बैठकले दोलखाका सात केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको थियो । 

    आयोगले वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख को मतदान पुनस् गर्ने निर्णय गरेको हो । त्यसैगरी  तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय आयोगले गरेको थियो ।
            
    आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो ।


    images
    images

    Logo