युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले चुक्ता पूँजीको ११०.५२६ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस अनुसार मंसिर १५ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।