काठमाडौं । स्याङ्जा २ मा आजराति ९ बजेदेखि मतगणना हुने भएको छ ।
निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।
यो क्षेत्रमा नेकपा एमालेकि केन्द्रीय सचिव पद्मा अर्याल, नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।