images
images

३ अंकले घट्यो नेप्से, १२४ कम्पनीको मुल्यमा गिरावट हुँदा ८४ करोडको कारोबार


  • 258
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    ३ अंकले घट्यो नेप्से, १२४ कम्पनीको मुल्यमा गिरावट हुँदा ८४ करोडको कारोबार

    काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३.५१ अंकले घटेर १ हजार ९ सय ४९ दशमलव ८५ अंकमा झरेको हो । आज २ सय ३८ स्क्रिपको ८४ करोड रुपैयाँ बराबरको २३ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज खुलेको बजार सुरुदेखि उतारचढाव हुँदै गर्दा बन्द हुनेबेलामा नकारात्मक भएर बन्द भएको हो । आज बजारमा ६४ कम्पनीको शेयर मूल्य बढ्दा १ सय २४ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ६ कम्पनी स्थिर अवस्थामा रहेको छ । यस दिन कारोबारमा आएका १३ उपसमूहमा २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

    आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको ४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

    यस दिन त ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युतको ३.३१ प्रतिशत र बुद्धभुमी हाइड्रोपावरको २.८४ प्रतिशतले बढेको छ।



    images
    images

    Logo