images
images

समानुपातिकतर्फ १ करोड ४२ हजार मतगणना, कसको कति ? 


  • 349
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    समानुपातिकतर्फ १ करोड ४२ हजार मतगणना, कसको कति ? 

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ ।निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८ हजार ८ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (१ करोड ९ लाख ७३ हजार २७) मत खसेकामा अब करिब ९ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख १ हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार १ सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ४ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १ सय ७५, जनता समाजवादी पार्टी नेपालले ३ लाख ९६ हजार ८ सय ३९ र जनमत पार्टीले ३ लाख ६० हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । 

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमध्ये १ सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ ।


    images
    images

    Logo