images
images

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन


  • 339
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ। मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशन समेत दिएको छ । ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । 

    आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । आयोगको यसअघिको बैठकले दोलखाका १० विवादित केन्द्रमा भने यही मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ। 


    images
    images

    Logo