images
images

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास


  • 307
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास

    काठमाडौं । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

    चालु आर्थिक बर्षको साउनमा १५ अर्ब २० करोड ७ लाख रुपैयाँको लक्ष्य लिएकामा कार्यालयले १ अर्ब २१ करोड ७ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ सङ्कलन गरेको छ । भदौमा १९ अर्ब २९ करोड ४५ लाख रुपैयाँ राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले ५ अर्ब १५ करोड २० लाख रुपैयाँ कम अर्थात् १४ अर्ब १४ करोड २५ लाख  रुपैयाँ मात्र सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए । 

    असोजमा २१ अर्ब ८८ करोड ३३ लाख रुपैयाँको लक्ष्य राखेकामा ९ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ राजश्व सङ्कलन  गरेको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोजमा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चुकेको कार्यालयले कात्तिकमा लक्ष्यभन्दा न्यून सङ्कलन गरेको छ । 

    कात्तिकमा २१ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य थियो । तर कार्यालयले ८ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँमात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४० प्रतिशत कम हो ।
     
    वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वाहन, इन्धनलगायत १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राजस्व सङ्कलनमा ह्रास आएको सूचना अधिकारी गुप्ताको भनाइ छ । गत आवको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक बर्षमा इन्धन आयातमा ७४ प्रतिशत र वाहन अयातमा ७९ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको छ । 


    images
    images

    Logo