काटमाठौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगता सार्वजनिक गरेको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा विद्युतीय उपकरणबाट मात्रै गर्नसमेत सेवाग्राहीलाई अनुराेध गरेकाे छ ।
शाखारहित बैंकिङमार्फत कारोबार गर्दा कारोबार भएको एकिन गर्नुपर्ने, अन्य कारोबार गर्दा पनि भुक्तानी भए नभएको, वा प्राप्त भए नभएको एकिन गर्नुपर्नेसमेत राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न बैंकले अनुराेध गरेकाे छ ।
