images
images

एकैदिन २ हजार ९ सय सवारी चालक परे ट्राफिक प्रहरीको कारबाहीमा


  • 316
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    एकैदिन २ हजार ९ सय सवारी चालक परे ट्राफिक प्रहरीको कारबाहीमा

    काठमाडौं ।  एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ९ सय ८१ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी चालकलाई प्रहरीले कारवाही गरेको हो । 

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १ सय ६४ जना, सडक लेन उल्लङ्घन गर्ने १ सय १६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६५ जना रहेका छन् । 

    यस्तै, निशेधित ठाउँमा हर्न बजाउने ९६ जना, नम्बर प्लेट बिना चलाउने ६३ जना र अन्य २ हजार २ सय ७७ जना चालकलाई कारबाही गरिएको काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


    images
    images

    Logo