काठमाडौं । नेपाल राष्ट्र बेंकले उपदान तथा पेन्सन कोष र अवकास कोषमा रहेको १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ मुद्धाती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बुधबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख , ख वर्गका विकास बैंकहरुमा २२ करोड ९७ लाख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ करोड ५६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई मंसिर ३० गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिन अवधिको हुनेछ ।



