काठमाडौं । निरन्तर गिरावट आएको सुनको मूल्यमा आज ब्रेक लागेको छ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला ९७ हजार ४ सय रुपैयाँ रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको छ । छापावाला सुन आइतवार देखि निरन्तर रुपमा घटिरहेको थियो । सो निरन्तरतालाई ब्रेक गर्दै आज सुनको मूल्य बढेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढे प्रतितोला १ हजार २ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।