images
images

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै


  • 513
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

    सुनसरी । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म ३ सय ८३ मतको अग्रता कायम राखेका छन् । 

    जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार ७ सय २० तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २७ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् । 

    उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो । 


    images
    images

    Logo