उदयपुर । उदयपुर १ बाट कांग्रेसका नारायण खड्का विजयी भएका छन् । उनले एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३ सय ८९ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।
पछिल्लो मत परिणम अनुसार खड्काले ३१ हजार २ सय ७० मत पाएका छन् भने एमालेकी चौधरीले २८ हजार ८ सय ९१ मत पाइन् ।
यस्तै, राप्रपाका धुर्वकुमार रायमाझीले ३ हजार ९ सय १५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दव अधिकारीले ३ हजार ४ सय ८ मत पाएका छन् ।