काठमाडौं । नेपाल एसबिआइ बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९.७५ प्रतिशत व्यजदरमा १० वर्ष समयावधिको लागि ऋणपत्र जारी गर्न लागेको छ । कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।
उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।