काठमाडौं । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङमार्फत् बिरामीको उद्दार गर्ने भएको छ । दुर्गम क्षेत्रमा रहेका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।
त्यस्तै, हेड इन्जुरी लगायत दीर्घरोगीहरुलाई मासिक ४ हजार भत्ता दिने व्यवस्था गरिएको छ ।
त्यस्तै, कोरोनाबाट मृत्यु हुनेका परिवारलाई ५० हजार तथा कोरोनाका कारण बाबुआमा दुवै गुमाएका बालबालिकालाई मासिक ५ हजार दिने व्यवस्था गरिएको छ ।