काठमाडौं । बुद्ध एयरको जहाज दुर्घटना हुनबाट बचेको छ । आज अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलबाट सिमराका लागि उडेको जहाजमा समस्या देखिएपछि उक्त जहजलाई फिर्ता ल्याएर काठमाडौं विमानस्थलमै अवतरण गरिएको हो ।
उक्त जहाजको पाइलटले इन्डिकेटरमा समस्या भएको देखेपछि सिमरामा अवतरण नगरी जहाजलाई काठमाडौं फिर्ता ल्याउने निर्णय गरिएको हो । उक्त विमानमा ७० जना यात्रु सवार रहेका थिए ।
सो जहाजलाई त्रिभुवन विमानस्थलमा भने सामान्य अवस्थामै अवतरण गरिएको छ । सो जहाजमा रहेका यात्रुलाई अर्को जहाजबाट सिमरा पठाउने तयारी भइरहेको छ ।