काठमाडौं । १२० कम्पनी बढ्दा पनि नेप्सेमा ३ अंकको मात्रै वृद्धि भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक अर्ब पनि भएन कारोबार २.९९ अंकले बढेर १९५३.५३ अंकमा पुगेको हो । आज करिब ९६ करोड रुपैयाँको मात्रै शेयर कारोबार भयो ।
आज खुलेको बजार सुरुदेखि नै नकारात्मक रहेक पनि मध्यान्हपछि गति लिँदा नकारात्मक भएर बन्द हुनबाट जोगिएको छ ।
आज बजारमा १९६ कम्पनीको कारोबार हुँदा ६७ कम्पनीको मूल्यमा गिरावट र ९ कम्पनी स्थिर अवस्थामा छ ।