काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ८१ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४९ जना, लेन अनुशासन पालना नगर्ने १५ जना, रेड लाइडमा सवारी साधन चलाउने १९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८१ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना चालक रहेका छन् । यस्तै २ हजार ६ सय ७५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।