काठमाडौं । भरतपुर महानगरापलिकाले अवैध रुपमा बनाएको संरचना हटाउन ३५ दिने सुचना निकालेको छ । महानगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन भनिएको हो ।
नक्सा पास बिना अन्य प्रयोजनका लागि पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने महानगरले जनाएको छ ।
नक्सा पासमा बेसमेट पाकिङ स्वीकृत गरी अन्य प्रयोजन जस्तैं पसल, गोदाम, रेष्टुरेष्टमा प्रयोग भैरहेका बेसमेन्टहरू सोही प्रयोजनका लागि प्रयोगमा ल्याउन महानगरले सूचना जारी गरेर अनुरोध गरेको छ ।
महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु नहटाए ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ बमोजिम महानगर आफैले हटाई लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल उपर गर्ने जनाएको छ ।




