काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध थापाथाली स्थित सुकुम्बासी बस्तीका बासिन्दाहरुले गरे विरोध प्रदर्शनि गर्ने थालेका छन् । महानगरपालिकाले आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाले सोमवार सुकुमबासी वस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।
आज सुकुमबासी वस्तीका सुकुमबासीहरुले महानगरपालिका अगाडी पुगेर नाराबाजीसहित महानगरका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका छन् ।अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन्। उनीहरुले सुकुमबासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।



