images
images

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि


  • 450
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

    काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ ६ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । 

    प्रदेश नं १ मा १७ लाख १५ हजार ५ सय ७, मधेसमा १८ लाख ४१ हजार ४ सय ६१, बागमतीमा १६ लाख ८२ हजार ४ सय ४४, गण्डकीमा ९ लाख १८ हजार ८ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा ५ लाख ७७ हजार ८ सय २९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७८ हजार ३ सय ४ मत गणना भएको छ । 

    प्रदेश नं १ मा एमालेले ५ लाख ९९ हजार ९ सय ५९, कांग्रेसले ५ लाख ३ हजार १ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ९ सय ९ र नेकपा (माओवादी केन्द्र)ले १ लाख ६८ हजार ७ सय ३४ मत ल्याएको छ । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ५७ हजार ९ सय २२, एमालेले ३ लाख २१ हजार २ सय १०, जनमत पार्टीले २ लाख ६६ हजार ८ सय ३२, जनता समाजवादी पार्टीले २ लाख ६२ हजार ७ सय ४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत ल्याएको छ । 

    बागमती प्रदेशमा एमालेले ५ लाख २ हजार ९ सय २३, कांग्रेसले ४ लाख २७ हजार २ सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार ८ सय ५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५ सय ५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५ सय ३३, कांग्रेसले ३ लाख १७ हजार ५ सय ९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३ सय ६६ मत पाएको छ । 

    लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९ सय २१, कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार ४ सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत प्राप्त गरेको छ । 
     
    कर्णाली प्रदेशमा एमालेले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ३३ हजार ५ सय २०, कांग्रेसले २ लाख २६ हजार १ सय ७० र माओवादी केन्द्रले १ लाख १३ हजार ८ सय ६३ मत पाएको आयोगले जनाएको छ । 

    प्रतिनिधिसभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार आठ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख ७ हजार ४ सय ७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार २ सय ३४, माओवादी केन्द्रले ११ लाख ९ हजार ७ सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले ५ लाख ५४ हजार ७ सय ५७, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७ सय ७३ र जनमत पार्टीले ३ लाख १६ लाख ६ सय ५३ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo