images
images

स्वास्थ्य र कृषिमा लुम्बिनीको प्राथमिकता : टेस्ट भएकै दिन कोरोना रिपोर्ट


  • 516
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    स्वास्थ्य र कृषिमा लुम्बिनीको प्राथमिकता : टेस्ट भएकै दिन कोरोना रिपोर्ट

    बुटवल । कोभिड नियन्त्रण र उपचारमा अक्सिजन, औषधी, सबै सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको छ । परिक्षणमा जोड, परिक्षणलाई अझ प्रभावकारी बनाइनेछ । परिक्षण गरिएकै दिन नतिजा प्रप्त हुने व्यवस्था मिलाइएको छ । 

    प्रोत्साहन भक्ता चिकित्सक, नर्सकालागि निरन्तरता । ५० शैयाका अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध गराइने । अस्पताल भवन, आवश्यक वजेट विनियोजन । सडक दुर्घट्नामा परेकाको उपचारका लागि लमहीमा ट्रमा सेन्टर स्थापनाका लागि तीन करोड रुपैयाँ बिनियोजन गरिएको छ । मृगौला रोगबाट पिडितलाई डाइलासिस सेवाका लागि पाँच करोड बिनियोजन गरिएको छ । 

    खाद्य सुरक्षाका लागि ११ करोड बिनियोजन गरिएको छ । त्यसबाट २ हजार २ सय प्रत्यक्ष लाभान्वित हुने । उत्पाादन बढाउन ३२ करोड ५० लाख रुपिया बिनियोजन गरिएको छ । स्मार्ट कृषि कार्यक्रमका लागि ३५ करोड विनियोजन गरिएको छ । 

    कृषि पेशालाई व्यवस्थित गर्न लगानी बढाउँन व्याजमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषि विमा, कृषिकर्मीलाई रोजगारी दिने नीति ल्याएको छ । दुध प्रशोधनका लागि आठ करोड रुपियाँ विनियोजन । दुई करोड माछाका भुरा उत्पादन गरिने छ । अर्गानिक उत्पादनमा जोड दिइने नीति लिइएको छ ।


    images
    images

    Logo