काठमाडौं । नबिल बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी सुरेस चन्द्र तायलको नाममा रहेको ६८ हजार ४० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।