काठमाडौं । प्रभु बैंकको प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । सोमवार राष्ट्र बैंकले सो लाभांश वितरणका लागि स्वीकृति दिएको हो ।
राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।
बैंकले मंसिर २ गते आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।